बगनासकाली साविक वडास्तरीय भलिबलमा ‘दान्सिंघा च्याम्पियन’
पाल्पा | भदौ १९, २०७९
पाल्पा: माउण्ट एभरेष्ट युवा क्लबले बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडाले ‘स्वस्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित आयोजना गरेको बगनासकाली साविक वडास्तरीय भलिबल प्रतियोगितामा जनज्योती युवा क्लब दान्सिंघा (वडा नम्बर ६) च्याम्पियन भएको छ ।
शहिद केवल गाहा ‘कुँवेर’ स्मृति खेलमैदानमा आज (आइतबार) सम्पन्न फाइनल खेलमा नवप्रभात युवा क्लब गोपाल्दी (वडा नम्बर ९) लाई २५–१९, २५–२१ र २५–१६ को सेटमा पराजिल गर्दै दान्सिंघा च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेको दान्सिंघाले नगद रु १५ हजारसहित स्वर्ण पदक तथा प्रमाणपत्र प्राप्त गर्याे र यसैगरि उपविजेता बनेको गोपाल्दीले १० हजारसहित रजत पदक तथा प्रमाणपत्र हात पार्यो ।
सो प्रतियोगिताबाट सान्त्वना स्थान हाँसिल गरेको बगनासकाली ७ टाकीचौरले ५ हजारसहित कास्य पदक तथा प्रमाणपत्र प्रदान गरेको क्लबका सल्लाहकार विष्णु राना (सजल) ले जानकारी दिए ।
उनका अनुसार गत १६ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको थियो । सो प्रतियोगिता सम्पन्न गर्न प्रथम पुरस्कार जीत बहादुर थापाले सौजन्य गरेका थिए । भने तृतीय पुरस्कार सौजन्य वीर बहादुर आलेले गरेका थिए ।
यसैगरि बगनासकाली ५ का वडासदस्य प्रकास न्यौपाने, निवर्तमान वडाध्यक्ष इश्वर राना लगायतले आर्थिक सहयोग गरेका थिए ।
प्रतियोगिताबाट विजेता तथा उपविजेता टोलीलाई पुरस्कार सौजन्यदाता लिला थापामगर, क्लबका अध्यक्ष दान बहादुर राना, समाजसेवी गुन बहादुर आले तथा वडा ५ स्थित तल्लोकोलडाँडाका अग्रजहरुले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

